संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियाे गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आइपुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड भर्खरमात्र लुम्बिनीमा ओर्लिएका छन्। उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, लुम्बिनी विकास काेषकाे उपाध्यक्षलगायतले स्वागत गरे।
नेपालकाे औपचारिक भ्रमणमा रहेका महासचिव गुटेरेस केहीबेरमा लुम्बिनी आउने कार्यक्रम रहेकाे छ। गुटेरेस जलवायु परिवर्तनकाे असरबारे बुझ्न अहिले म्याग्दीस्थति अन्नपूर्ण आधार शिविर पुगेका छन्।
उनी त्यहीँबाट नेपाली सेनाकाे हेलिकप्टरमार्फत् लुम्बिनी आउने कार्यक्रम रहेकाे छ।
गुटेरेसकाे स्वागतकाे लागि मन्त्री किराँती र सिर्पाली हिजाे नै यहाँ आएका हुन्।