कर्णालीका शाहीद्वारा नेपाल जेसीजकाे अध्यक्ष पदमा उम्मेदवारी दर्ता

नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिल बहादुर शाहीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

 कर्णाली जेसीजका संस्थापक अध्यक्ष शाहीले नेपाल जेसीज सचिवालयमा अध्यक्ष पदका लागि उम्मेदवारी घाेषणा गरेका हुन्।

युवा जाेश-जागरले भरिएका शाही कर्णाली प्रदेशबाट नेतृत्व गर्दै जेसीजमा महत्वपूर्ण याेगदान दिँदै आइरहेका छन्।

शाही २००७ बाट जेसीज यात्रा आरम्भ गर्दै २०१२/२०१३ मा कर्णाली जेसीजकाे संस्थापक अध्यक्ष भइसकेका छन्। शाही विगत कर्णालीबाट सक्षम युवाकाे रूपमा उदायका एक पात्र हुन्।

शाही कर्णाली जेसीजबाट २०१५ मा राष्ट्रिय उपाध्यक्ष, २०१८ मा तालिम आयुक्त, २०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जस्ता पदमा निर्वाचित भइसकेका छन्।

उम्मेदवारी दर्ता गराएसँगै शाहीले समग्र जेसीजकाे रूपान्तर र युवाहरूकाे नेतृत्व र व्यक्तित्व विकासमा नयाँपन दिँदै देशैभरिका युवाहरूलाई जेसीजका माध्यमबाट सकारात्मक र रचनात्मक दिशा काेर्ने बताए।

शाहीसहित ४ जना अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएकाे छ। राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ पदका लागि १३ जना र राष्ट्रिय उपाध्यक्ष १२ पदका लागि २२ जनाकाे मनाेनयन दर्ता भएकाे नेपाल जेसीजले जनाएको छ।

प्रकाशित मिति: : 2023-11-01 10:49:00

प्रतिकृया दिनुहोस्