जुवा खालबाट ९ जना कलाकार पक्राउ

प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ जना कलाकारलाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौँको मैतिदेवीको डान्सबारमा संचालित जुवा खालबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा अभिनेता गजित विष्ट, कोरियोग्राफर गम्भीर विष्ट, कलाकार सुलेमान शंकर (इकु), अभिनेता शंकर आचार्य, गायक चक्र बम, खरोशन सिंह, टाइम मगर, सुरेन्द्र साउद र घनश्याम अधिकारी रहेका छन्।

जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ। शनिबार राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ। 

कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ।

प्रकाशित मिति: : 2023-11-01 12:27:00

प्रतिकृया दिनुहोस्