काठमाडौँको गोठाटारमा गोली चल्याे, भारतीय नागरिक पक्राउ

File Photo
File Photo

प्रहरीले काठमाडौँको गोठाटारमा गोली चलाएको छ। लागुऔषध कारोबारीलाई पक्राउ गर्न गाली चलाएकाे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ।

प्रहरीका अनुसार भारत घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिइएको छ। उनकाे साथबाट प्रहरीले एकथान पेस्तोल र २ सय ग्राम खैरो हेरोइन बरामद गरिएकाे छ।

प्रहरीले आत्मरक्षाका लागि गोली प्रहार गर्दा मोहम्मद करिम घाइते भएका र उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-11-01 13:40:00

प्रतिकृया दिनुहोस्