उर्लाबारी आगलागी: मृत्यु हुनेको संख्या तीन पुग्यो

मोरङको उर्लाबारीमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। बितेको १२ घण्टामा थप दुई जना घाइतेको मृत्यु भएसँगै आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको हो। 

काठमाडौंको कीर्तिपुर अस्पतालका अनुसार आइसियु (सघन उपचार कक्ष)मा उपचाररत उर्लाबारी नगरपालिकाका ४९ वर्षीय हेमकुमार दाहालको गएराती साढे १० बजे र आज बिहीबार बिहान साढे ६ बजे कुमार तामाङ मृत्यु भएको हाे। 

यसअघि मंगलबार तपन पण्डितको मृत्यु भएको थियो। उनीहरु तीनै जनाको कीर्तिपुर अस्पतालपमा आइसियुमा उपचार भइरहेको थियो। 

कार्तिक २६ गते लक्ष्मी पुजाको दिन उर्लाबारीका दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट आगलागी भएको थियो।

आगो निभाउन गएको समयमा ग्याँस सिलिण्डर विस्फोट भएपछि ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। 

घाइतेमध्ये २६ जनाको मोरङमा उपचार हुन नसकेपछि काठमाडौंको कीर्तिपुर अस्पताल ल्याइएको थियो। जसमध्ये हाल गम्भीर घाइते ५ जनाको आइसियुमा उपचार भइरहेको छ।

तीन जनाको मृत्यु हुँदा एक जना निको भएर घर फर्किएका छन्। अन्यको भने उपचार भइरहेको छ। 

प्रकाशित मिति: : 2023-11-23 07:16:00

प्रतिकृया दिनुहोस्