नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्ससँग एफसी चितवन पराजित भएको छ।
दशरथ रगंशालमा भएको खेलमा पोखरा थन्डर्ससँग एफसी चितवन १-० ले पराजय भयो। खेलको ७२औँ मिनेटमा पोखराले अग्रता लिएको थियो। पोखरका लागि मोसिस ग्याबाले गोल गरेर सफलता दिलाए। उनले स्टेफेन कोजोको पासमा गोल प्रहार गरे।
यो जितसँगै पोखरा थन्डर्सले ३ अंक बटुलेको छ। आज हुने अर्का खेलमा ललतिपुर सिटी एफसी र एफसी बुटलव लुम्बिनी खेल्दै छन्। खेल ५:३० बजे दशरथ रगंशालमा हुनेछ। हिजो भएको पहिलो खेलमा काठमाडौँ रेजर्सले विजयी सुरुआत गरेको छ।