एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: क्यानडामाथि नेपालको जित

क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले नेपालले विजयी हासिल गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको हो।

नेपालले दिएको २२५ रनको लक्ष्य पछाएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुदै २१७ रन बनाएपछि नेपाल ७ रनले विजयी भएको हो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिएका थिए। ललित राजबंशीले २ विकेट लिएका थिए भने सोमपाल कामी, कुशल मल्ल, पवन सराफ र रिजन ढकालले एक एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २२४ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६२ रन बनाएका थिए भने आरिफ सेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सराफले १५, आसिफ सेख र रोहित पौडेलले ८-८ तथा सुर्य तामाङले १० र रिजन ढकालले ४ रन बनाएका थिए।

त्यसैगरी क्यानडाका बलरउदय भगवान सिंहले ३ विकेट लिएका थिए भने साद बिन जफार र इश्वरजोत सोहिले २-२ तथा शहिद अहमदजाई र हर्ष थाकेरले एक एक विकेट लिएका थिए।

यो जितसँगै नेपालले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। अब सिरिजको अर्को खेल आगामी शनिबार हुनेछ।

प्रकाशित मिति: : 2024-02-08 19:45:00

प्रतिकृया दिनुहोस्