अनिल शाह र देव खनाल लिग–२ टोलीमा समेटिए, अर्जुन र रिजन बाहिर

नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेदरल्यान्ड्स र नामिबियाविरूद्धको खेलका लागि नेपाली टाेलीकाे घाेषणा गरेकाे छ।

विहीबारदेखि सुरु हुने लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि राेहितकुमार पौडेलकाे कप्तानीमा १५ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे क्यानले जनाएकाे छ।

क्यानडाविरुद्ध खेलिएको ओडीआईमा ओपनर अनिलकुमार शाह र मध्यक्रमका ब्याटर देव खनालले राम्राे प्रदर्शन गरेपछि क्यानले लिग–२ टोलीमा उनीहरूलाई पनि समेटेकाे छ। त्यस्तै, यसअघिकाे टोलीमा रहेका अर्जुन साउद र  रिजन ढकाल भने बाहिरिएका छन्।

क्यानडाविरुद्धको सिरिजमा विश्राम लिएका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुल्सन झा भने टोलीमा फर्किएका छन्।

नेपालले फागुन ३ मा नामिबियासँग पहिलो खेल खेल्दैछ। फागुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ।

यस्ताे छ नेपाली टाेली—

रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह।

प्रकाशित मिति: : 2024-02-14 08:42:00

प्रतिकृया दिनुहोस्