क्यानडामाथि नेपाल ‘ए’काे जित

नेपाल ‘ए’ले क्यानडा-११ लाई पराजित गरेको छ।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ ले क्यानडा-११ लाई २ विकेटले पराजित गरेको हो।

क्यानडा-११ ले दिएको २४१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ले ४९.१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो।

नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडा- ११ ले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो।

क्यानडाका लागि श्रेयस मोभ्भाले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै नवनीत धालिवालले ४६, श्रीमन्था विजेयरत्नेले ४१ र एरोन जोहनसनले ३६ रन बनाएका थिए।

त्यसैगरी नेपाल ए का बलर शहाब आलमले ३ विकेट लिएका थिए भने शेर मल्ल र राशिद खानले २-२ विकेट लिएका थिए। त्यसैगरी सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिएका थिए।

यो नेपाल ए टिमको पहिलो जित हो। यो जितपछि नेपाल ‘ए’ ले क्यानडा-११ बीचको सिरिजमा १-१ को बराबरी गरेको छ। अब सिरिजको अन्तिम खेल तथा निर्णायक खेल बिहीबार हुनेछ।

प्रकाशित मिति: : 2024-02-20 17:07:00

प्रतिकृया दिनुहोस्