जुम ब्यूटी एकेडेमीमा आन्तरिक परीक्षा र प्रतिस्पर्धा (भिडियोसहित)

सुनिता लामा

काठमाडौं

विगत एक्काईस वर्षदेखि नेपाली सौर्न्दर्य क्षेत्रमा एकछत्र राज गर्दै आइरहेकाे जुम ब्यूटी एकेडेमीले पहिलोपटक आन्तरिक प्रतिस्पर्धामार्फत परीक्षा सञ्चालन गरेको छ।

आफ्नाे बाह्रै वटा शाखाहरूमा विभिन्न सीपहरू सिक्दै गरेका प्रशिक्षार्थीहरूबीच आन्तरिक प्रतिस्पर्धामार्फत परीक्षा लिइएकाे हाे।

फागुन ६ गतेदेखि सुरु भएको उक्त प्रतिस्पर्धा फागुन १७ गते समापन हुनेछ।

पहिलो दिन मेहन्दी प्रतिस्पर्धा भएको थियो। परीक्षाको दोस्राे दिन नेल एक्स्टेन्सनको परीक्षा सम्पन्न भएको थियो।

बाह्रै शाखाहरूका विद्यार्थीहरूबीचको  प्रतिस्पर्धाबाट अन्त्यमा तीन जना उत्कृष्ट प्रशिक्षार्थीहरू छनौट गरिने छ। उनीहरूलाई रोजगारको अवसर, गिफ्ट ह्याम्पर, अवार्ड र सम्मानपत्र पनि प्रदान गरिने छ।

आफ्नै शाखाबीच प्रतिस्पर्धा मार्फत परीक्षा गराउँदा विद्यार्थीहरूको सिकाईप्रतिको धारणा र दृष्टिकाेण नै परिवर्तन हुने बताउँछिन् जुमकी सिईओ जुनु चक्रधर।

उनका अनुसार आन्तरिक प्रतिस्पर्धा मार्फत परीक्षा लिँदा विद्यार्थीहरूमा अझ आफूले सिकेको सीपलाई व्यावसायिक र सिद्ध बनाउन मदत पुग्नेछ।

एकेडेमीकै आधारमा एउटा परिक्षार्थीले तीन घन्टा परीक्षा हलमा बसेर आफ्ना सहकर्मीहरूसगैँ  प्रतिस्पर्धा गर्न पाउँदा आफूलाई अत्यन्त खुसी र गर्व लागेको चक्रधरले बताइन्।

फागुन १० गते हेयर र मेक अप, ११ गते आईल्यासेश, १२ गते हेयर केमिकलबीच प्रतिस्पर्धा हुनेछ।

फागुन १३ देखि १७ गतेसम्म मेहन्दी, नेल, मेक अप, हेयर, ल्यासेश एक्टेन्सेन, हेयर केमिकल लगायतका विषयमा फाइनल प्रतिस्पर्धा हुनेछ।

बाह्रै वटा शाखाका करिब ५०/६० जना प्रतिक्षार्थीबीच प्रतिस्पर्धात्मक परीक्षाको समापन पश्चात्त उत्कृष्ट बिजेताहरूलाई रोजगारको अवसर, विभिन्न पुरस्कारहरू, अवार्ड तथा गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको जुम ब्युटी एकेडेमीकी सिईओ जुनुले बताइन्।

प्रकाशित मिति: : 2024-02-21 16:00:00

प्रतिकृया दिनुहोस्