श्रीमान–श्रीमती कलहको घानमा नाउपाका सांसद

सिग्नेचर रञ्जिताको चल्ने, रेशम किन बढी बोल्ने?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने/नदिने विषयले नागरिक उन्मुक्ति पार्टी (नाउपा)मा आन्तरिक कहल चर्किरहेको छ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदहरूलाई निर्देशन दिएकी छन्।

यद्यपि, पार्टी अध्यक्षको निर्देशनविपरीत रञ्जिताका श्रीमानसमेत रहेका पार्टी संरक्षक रेशम चौधरीले प्रधानमन्त्रीलाई विश्वासको मत दिए कारबाही गर्ने चेतावनी दिएका छन्।

पार्टीको आन्तरिक कलह अर्थात् श्रीमान–श्रीमतीबीचको कलहको घानामा नाउपाका सांसदहरू परेका छन्। ‘अध्यक्षज्यूले एउटा कुरा भन्नुहुन्छ, संरक्षकले अर्को, हामीले के गर्ने तनाव भइरहेको छ,’ नाउपा सांसद अरुणकुमार चौधरीले भने।

उनले दलको नेता रञ्जिता भएकोले उनले भनेको मान्नुको विकल्प नरहेको बताए।

सांसद चौधरीले भने, ‘दलको नेता भनेपछि रञ्जिता श्रेष्ठ हुनुहुन्छ, दलको नेताले निर्देशन गरेपछि यो व्यवस्थामा दलको नेताले भनेको मान्नु भन्दा हामीसँग अर्को विकल्प छैन।’

उनले अगाडि थपे, ‘दलको नेता उहाँ (रञ्जिता), पार्टी अध्यक्ष उहाँ, सिग्नेचर उहाँको चल्ने उहाँले एउटा कुरा भन्ने संरक्षकले अर्को कुरा भन्ने यहाँ त बिचमा हामी पर्‍याैँ।’

पार्टीमा श्रीमान श्रीमतीबीचको विवादले नाउपालाई वैकल्पिक पार्टी ठानेकाहरूमा निराशा छाएको उनको भनाइ छ।

संसदमा नाउपाका चार सिट रहेका छन्।

रञ्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन

श्रीमानलाई रञ्जिताको टक्करः प्रचण्डलाई विश्वासको मत दिन जारी गरिन् ह्वीप

प्रकाशित मिति: : 2024-03-13 11:04:00

प्रतिकृया दिनुहोस्