पुरानो गठबन्धन ताेडेर प्रधानमन्त्रीले जनतासँग गरेको बाचा भुले: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धन ताेडेर नयाँ बनाउँदा जनतासँग गरेको बाचा भुलेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे सम्बोधन गर्दै गर्दै उनले निर्वाचनका बेला जनतासँग गरेको बाचा बिर्सिएर प्रधानमन्त्रीले आज केका लागि विश्वासको मत मागेको भन्दै उनले प्रश्न गरे।

महामन्त्री शर्माले कांग्रेसबारे फिँजाइएको झुठको अन्त्य गर्नुपर्ने बताए। उनले केही दिनअघिसम्म देशमा केही भएको छैन र अब फेरि राम्रै छ भन्ने राजनीतिक दल र नेताबाट कांग्रेसबारे फिँजाइएको झुठको अब अन्त्य गर्नुपर्ने बताए।

प्रकाशित मिति: : 2024-03-13 13:06:00

प्रतिकृया दिनुहोस्