रवि लामिछानेको विषयमा राजीनामाबाहेक अर्को विकल्प छैनः काँग्रेस (भिडियाे)

सहकारीको रकम हिनामिना प्रकरणमा जोखिएको भन्दै काँग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।

मंगलबार प्रतिनिधिसभाकाे बैठकमा काँग्रेसका सांसद दीपक गिरीले गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरे।

‘सहकारीको रकम हिनामिना प्रकरणमा उहाँ (रवि)को नाम जोडिएको छ। उहाँको राजीनामाबाहेक अर्को विल्कप छैन,’ गिरीले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको राजीनामा माग गर्दै काँग्रेसले संसद बैठक अवरुद्ध गरिरहेको छ।

मंगलबार पनि लामिछानेकै विषयमा छलफल गर्दा ११ बजे बस्ने भनिएको ससंद बैठक साढे १२ बजेमात्र सुरु भएको थियो।

प्रकाशित मिति: : 2024-03-19 12:45:00

प्रतिकृया दिनुहोस्