उपनिर्वाचन: एमालेले बझाङ १ मा भण्डारीलाई उम्मेदवार बनाउने

नेकपा एमालेले बझाङ १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने भएकाे छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।

बझाङ प्रदेशसभा १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त क्षेत्रकाे पद रिक्त छ।

यसैगरी इलाम–२ मा हुने उपनिर्वाचनमा एमालेबाटै सुहाङ नेम्वाङ उम्मेदवार हुने भएका छन्।

सुहाङ दिवङ्गत एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सुवास नेम्वाङको गत भदौमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित मिति: : 2024-03-24 15:17:00

प्रतिकृया दिनुहोस्