माओवादी पृष्ठभूमिका मिलनलाई रास्वपाले बनायाे इलाम–२ काे उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ।

बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन्।

इलाम- २ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका थिए।

लिम्बू माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस संगठनका सदस्य हुन्।

प्रकाशित मिति: : 2024-03-28 18:06:00

प्रतिकृया दिनुहोस्