उप-निर्वाचनका उम्मेदवारविरुद्ध आज उजुरी लिइने

उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज (आइतबार) उजुरी लिइने भएको छ।

निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

इलाम– २ र बझाङ प्रदेश– १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हाे।

राजनीतिक शक्ति-केन्द्रको सिधा ‘टकराव’: इलाम- २

प्रकाशित मिति: : 2024-04-07 06:47:00

प्रतिकृया दिनुहोस्