सिरहामा हतियार देखाएर दिउँसै मनि ट्रान्सफरको रकम लुटपाट

Symbolic photo
Symbolic photo

सिरहामा हतियार देखाएर दिउँसै मनि ट्रान्सफरको रकम लुटेको छ।

सिरहा सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक मनि ट्रान्सफरको लागि १५ लाख ५० हजार रकम ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयदेखि करिव पाँच सय मिटर उत्तर महिसोथा जानेबाटो नजिकबाट हतियार देखाएर लुटिएको हो।  

भारतीय नम्वरको मोटरसाइकलमा आएका लुटेराहरुले स. ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोतम यादवलाई हतियार देखाएर नगदसहित २ थान ग्लोवल आईएमई बैंकको र ३ वटा राष्ट्रिय बाणिज्य बैंकको खाली चेक र मोबाइलसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लुटिएको रकम विष्णुरपुर गाउँपालिका-१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ। यादवले दिएका बयानअनुसार टुलेरामध्ये मोटरइकल चलाउनेले क्रिम कलरको र पछाडि बस्नेले रातो रंगको कपडा लगाएको प्रहरीले बताए।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरु संकलन भइरहको जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रकाशित मिति: : 2024-04-07 12:46:00

प्रतिकृया दिनुहोस्