रविलाई ‘बलीकाे बाेकाे बनाउन नपाइने’ भन्दै रास्वपाले अस्वीकार गर्‍याे काँग्रेसले राखेकाे छानबिन समितिकाे माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काँग्रेसले राखेको माग अस्वीकार गरेको छ।

सभामुखसँगको छलफलपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भावनामा जोडेर कसैलाई बलीको बोका बनाउन नपाइने भन्दै काँग्रेसले माग गरे अनुसारको संसदीय दलको गठनको माग आफूहरुले अस्वीकार गर्ने बताए।

परियारले भोलिको बैठकमा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धि विधेयक पेश गर्ने दाबि गरे।

सहकारी प्रकरणमा समाधानसहितको प्रतिवेदन रास्वपाले यसअघि नै पेश गरेको बताउँदै गृहमन्त्रीमाथि समिति बनाएर कारबाही गर्ने विषयमात्र सहकारी समस्याको समाधान नभएको उनले बताए।

प्रकाशित मिति: : 2024-04-08 15:27:00

प्रतिकृया दिनुहोस्