संसदकाे अवराेध हटाउन सभामुखसहित शीर्ष दलको बैठक बालुवाटारमा

तस्बिर: बालकाेट
तस्बिर: बालकाेट

काँग्रेसले अवरोध गरिरहेको संसद खुलाउने विषयमा सभामुखसहित शीर्ष दलका नेताहरुबीच छलफल जारी छ। 

प्रधानमन्त्री निवास बालुवाटरमा देवराज घिमिरे, प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एमाले अध्यक्ष केपी शर्मा ओली,  रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माघव नेपाल, काँग्रेसका महामन्त्री गगन थापालगायत बैठकमा सहभागी छन्। 

सहकारीको रकम हिनामिना प्रकरणमा काँग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आइरहेको छ। तर सरकारले संसदीय समिति आवश्यक नपर्ने बताउँदै आएको छ। 

सरकार र प्रमुखप्रतिपक्षबीचको आ–आफ्नो अडानले आज मंगलबार ११ बजे बस्ने भनिएको संसद बैठक पौने १२ बजेसम्म बस्न सकेको छैन। 

प्रकाशित मिति: : 2024-04-09 11:35:00

प्रतिकृया दिनुहोस्