राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन्। 

आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा प्रहरीले दमन गरेको बताउँदै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन्। 

भृकुटीमण्डपबाट सुरु भएको राप्रपाको जुलुसले निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहोरा र अश्रुग्याँसले प्रदर्शनकारीमाथि प्रहार गरेकाे थियाे। 

प्रकाशित मिति: : 2024-04-09 15:06:00

प्रतिकृया दिनुहोस्