काँग्रेस आक्रोश र पीडामा रहेकोले ‘जे पायो त्यही’ बोलिरहेको छ: ओली

File Photo
File Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस आक्रोश र पीडामा रहेकोले ‘जे पायो त्यही’ बोलिरहेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले हिउँदे अधिवेशन अन्त्य भएकाले काँग्रेस आक्रोश र पीडामा रहेको टिप्पणी गरेका हुन्।

ओलीले प्रतिनिधिसभाको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुनु स्वभाविक भएको बताए। उनले हिउँदे अधिवेशन र बजेट अधिवेशनका बीचमा कम्तिमा १५ दिनको ग्याप राख्नुपर्ने भएकाले बजेट अधिवेशनको तयारी स्वरुप हिउँदे अविधेशनको अन्त्य गर्नुपरेको दाबी गरे।

ओलीले काँग्रेसले ढिपी र जिद्दी गरिरहेको बताउँदै यस्तो तरिकालाई काँग्रेसले सच्याउनुपर्ने बताए।  

प्रकाशित मिति: : 2024-04-14 14:50:00

प्रतिकृया दिनुहोस्