राप्रपाकाे प्रदर्शनमा घाइते भएका डाँगीको मृत्यु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ।

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएकाे राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा प्रदर्शन गरेकाे थियाे। प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले हानेको अश्रुग्यास उनलाई लागेकाे थियाे। अश्रुग्यास लागेर उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि छाउनी अस्पतालमा भर्ना गरिएकाे थियाे।उपचारका क्रममा उनको सोमबार मृत्यु भएको हाे।

प्रवक्ता श्रेष्ठका अनुसार डाँगीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सोमबार मध्याह्न १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिनेछ।

प्रकाशित मिति: : 2024-04-15 10:52:00

प्रतिकृया दिनुहोस्