हामी हाैसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनाैँ: प्रचण्ड 

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल कम्युनिष्ट एकता नहुने बताएका छन्।

नेकपा एमालेले ललितपुरको गाेदावरीमा आयाेजना गरेकाे ७५औँ हीरक महाेत्सवलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।

‘हामी अहिले नै हतारमा हाैसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनाैँ’, उनले भने। प्रचण्डले हाल सहकार्य भएकाले कुनै दिन कम्युनिष्ट एकता पनि हुँदै जाने बताए।

उनले हाल सबै दलकाे सहकार्यले मात्र लाेकतन्त्र बलियाे हुने पनि बताए।

प्रकाशित मिति: : 2024-04-22 14:40:00

प्रतिकृया दिनुहोस्