रुसी सेनामा भर्ती भएका परिवारमाथि सरकारको ज्यादती, अनसन बसेकै ठाउँबाट गिरफ्तारी

रुसी सेनामा भर्ती भएका परिवारमाथि सरकारले ज्यादती गरेको छ।

बिहीबार आमरण असनमा बसेका पीडित परिवारमाथि सरकारले प्रहरी लगाएर गिरफ्तारी गर्दै ज्यादती गरेको हो।

सामूहिक आमरण अनसनको ७औँ दिन भृकुटीमण्डपमा बसेका १८ जनालाई प्रहरीले गिफ्तारी गरेर सिंहदबार प्रहरी वृत्तमा ल्याएको छ।

बिरामी भएर सलाइन पानी चढाइरहेकालाई समेत प्रहरीले सलाइन थुतेर गिरफ्तारी गरेको रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीले जानकारी दिइन्।

उनका अनुसार प्रहरीले किन गिरफ्तारी गरेको भन्ने पीडित परिवारलाई भनेको छैन।

अनसनरत १८ जना अहिले प्रहरी बृत्तमा छन्। उनीहरू बिहीबार बिहान रुसी राजदूतावास अगाडि धर्ना दिन जाने तयारी गरेका थिए। त्यसपूर्व नै सबैलाई गिरफ्तारी गरेर आफ्नो माग राख्न पाउने नागरिकको अधिकारमाथि प्रहरीले बन्देज लगाएको छ। जुन मानव अधिकारविरुद्ध पनि हो।

रुसी सेनाका परिवार विगत ७ दिनदेखि सामूहिक अनसनमा छन्। उनीहरुले रुसी सेनामा रहेका आफ्ना मान्छे फिर्तालगायत १३ बुँदे माग राखेका छन्। तर सरकारले उनीहरूको माग सुनुवाइ गर्ने भन्दा पनि धरपकड गरेको छ।

प्रकाशित मिति: : 2024-04-25 14:34:00

प्रतिकृया दिनुहोस्