कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिकाको बलचौरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्यु भएको हो।
मृत्यु हुनेमा बर्दियाको राजापुर नगरपालिका-९ की १८ वर्षीया अञ्जली परियार रहेकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएकाे छ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो।