‘ह्याप्पी मान्ड्स’ नेपालकी संस्थापक श्रीया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका ३० जनाको सूचीमा एसियाबाट छनोटमा परेकी छन्।
फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन्।
श्रीया करिब तीन वर्ष यतादेखि ‘ह्याप्पी मान्ड्स’ नेपालमार्फत मानसिक स्वास्थ्यकाे क्षेत्रमा काम गर्दै आएकी छन्।