पहेँलो धातु देखाइ सुन ठगी गर्ने झापाका एक युवक पक्राउ

झापाको दमकबाट सुन जस्तो पहेँलो धातु देखाइ सुन ठगी गर्ने एक जना व्यक्तिलाई दमक प्रहरीले पक्राउ गरेको छ।

दमक नगरपालिका वडा नं.६ स्थित पशुहाटबाट मोरङको उर्लाबारी नगरपालिका-५ स्थित श्रेत्री बाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका शर्माले दमकको हाट बजारको श्रेत्रमा जेष्ठ नागरिक र महिलाहरु समेतलाई विभिन्न मितिहरुमा सुन जस्तो पहेँलो धातुको टिल देखाई नगद तथा सुनका गरगहनाहरुसँग सट्टापट्टा गरी ठगी गर्ने गरेका थिए।

उक्त सम्बन्धमा उजुरी तथा सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरीको टोलीले खोज तलास गर्ने क्रममा पशुहाटबाट शर्मालाई ५६.३१० ग्राम सुन जस्तो देखिने पहेँलो धातुसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शर्मालाई आज जिल्ला अदालतबाट ठगी कसुरमा कानूनी प्रक्रिया सुरु गर्नुका साथै सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति: : 2024-05-16 13:18:00

प्रतिकृया दिनुहोस्