कामिरिता शेर्पाले ३०औँ पटक सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमानी कायम गरेका छन्। उनले बुधाबार बिहान सगरमाथाकाे आराेहण गर्दै नयाँ कीर्तिमानी बनाएका हुन्।
सेभेन समिट ट्रेकका कार्यकारी अधिकृत टाशी लाक्पा शेर्पाका अनुसार कामिरिता बुधबार बिहान ७ : ४९ बजे सगरमाथा चुचुराेमा पुगेका हुन्।
याे उनकाे याे सिजनकाे दाेस्राे आराेहण हाे। उनले मे १३ मा याे सिजनकाे पहिलाे आराेहण गरेका थिए।
२९औँ पटक सगरमाथा चढेर कीर्तिमानी कायम गरेका उनले १० दिन नबित्दै आफ्नै कीर्तिमानी भङ्ग गर्दै नयाँ कीर्तिमानी बनाए।
सोलुखुम्बुको थामे गाउँमा जन्मे हुर्केका कामिरिता शेर्पा सेभेन समिट ट्रेकमा सिनियर गाईडका रुपमा कार्यरत छन्।
कामिरिता शेर्पाले आफ्नो सम्पूर्ण जीवन पर्वतारोहणमा समर्पित गरेका छन्।
१७ जनवरी १९७० मा जन्मेका उनले सानैदेखि आरोहणको गहिरो जोश विकास गरेका र दुई दशकभन्दा बढी समयदेखि हिमाल आरोहण गर्दै आएका छन्।
उनको पर्वतारोहण यात्रा सन् १९९२ मा सगरमाथा आरोहणमा एक सहयोगी सदस्यको रूपमा सुरु भयो। त्यसबेलादेखि कामिरिताले निर्भयताका साथ धेरै पटक सगरमाथा आरोहण गर्दै अन्य थुप्रै आरोहणहरू समेत गरेका छन्।
कामिरिताले केटु, चो ओयु, ल्होत्से र मनास्लुलगायतका अन्य अन्य ८ हजार मिटर भन्दा अग्ला चुचुरा चुचुराहरू पनि सफल आरोहण गरेका छन्।