दार्चुलामा यार्सागुम्बा टिप्न गएका एक युवकको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा दार्चुला अपिहिमाल गाउँपालिका–३ राताभिटाका २४ वर्षीय मिलन कार्की रहेका छन्।
अपिहिमाल गाउँपालिका–३ स्थित काँटै दोनथे वनमा उनी यार्सागुम्बा खोज्ने गएका थिए।
यार्सा खोज्ने क्रममा शुक्रबार बेलुका भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।