तिब्बतबाट आएको बाढीका कारण रसुवागढीमा सात जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीले अहिलेसम्म ५५ जनाको उद्दार गरिएको र सात जना मृत फेला परेका जनाएको हो। १८ जना बेपत्ता छन्।
मंगलबार बिहान करिब ३ बजे आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ स्थित रसुवागढीबाट तीन जना नेपाल प्रहरी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारणलाई बगाएको छ।
गोसाइँकुण्ड गाउँपालिका १, २ र ३,आमाछोदिङमो गाउँपालिका १, २, ४ र ५ उत्तरगया गाउँपालिका २,४,५, कालिका गाउँपालिका प्रभावित भएको प्रहरीले जनाएको छ।
हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति भएको जनाएको छ। त्यस्तै ७/८ वटा इभी गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्ड, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ।
रसुवा गोसाइँकुण्ड गाउँपालिका-५ पासाङल्हामु सडकखण्ड स्थितमा बाढीको कारण सडक चर्किँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।