स्रोत नखुलेको डेढ करोड रकमसहित बाैद्धबाट एक चिनियाँ पक्राउ

प्रहरीले स्रोत नखुलेको करिब डेढ करोड नेपाली रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

असार २३ गते सोमबार राति १० बजे जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले चिनियाँ नागरिक वाङ जियानलाई पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित एक घरमा कोठा भाडामा लिएर  चिनियाँ नागरिकले श्रोत नखुलेको नेपाली रकमको कारोबार गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

प्रहरी टोलीले सोमबार उक्त कोठामा खानतलासी गर्दा स्वयम्भुमा डेरा गरी बस्ने चिनियाँ पासपोर्ट नं. ‘ईजी २२१६७१’ बाहक जियानलाई एक करोड ४४ लाख नगदसहितसहित नियन्त्रणमा लिएको हो।

प्रहरीले जियानलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ।

प्रकाशित मिति: : 2025-07-08 15:37:00

प्रतिकृया दिनुहोस्