जनताले धरहरा चढ्न पाएनन्, छिटो सञ्चालनमा ल्याउनू: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका सचिवहरुलाई बाेलाएर प्रधानमन्त्री ओलीले धरहरा सञ्चालन गर्न निर्देशन दिएका हुन्।

उनले धरहरा बनिसके पनि पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा नआएको बताए। पार्किङको शुल्क लिएर भए पनि धरहरा सञ्चालन गर्नुपर्ने प्रधानमन्त्री ओलीले भनाइ छ।

‘धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा आएको छैन। पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ। ‘मै बनाउँछु मेरो धरहरा’ अभियानमा नेपाली जनताले करोडौं रकम पनि दिएका थिए। यसको पुनः निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन्। कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु’, उनले भने।

प्रकाशित मिति: : 2024-07-30 17:24:00

प्रतिकृया दिनुहोस्