तीन दिने मध्यपुरथिमि महोत्सव आयोजना हुने

मध्यपुरथिमि नगरपालिकाले आगामी पुसमा तीन दिने मध्यपुरथिमि महोत्सव आयोजना गर्ने भएको छ।

मध्यपुर नगरपालिकाको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्ने निर्णय गरिएको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

पुस १२, १३ र १४ गते आयोजना हुने महोत्सवका लागि विज्ञसहितको समिति गठन गरिने उनले बताए।

महोत्सवमा मध्यपुरथिमिको पहिचान झल्काउने सांस्कृतिक प्रस्तुतिका साथै यहाँको पेशा, व्यवसाय, मौलिक उत्पादन, हस्तकला, माटोका भाँडा, सेरामिक्सलगायत प्रदर्शन गरिनेछ।

महोत्सवको तयारी मूल आयोजक समिति गठन गरी द्रुतगतिमा अगाडि बढाइने जानकारी दिँदै नगरप्रमुख श्रेष्ठले महोत्सवमा मध्यपुरथिमि सम्पूर्ण क्षेत्रमा विविध कार्यक्रम आयोजना हुने बताए। 

प्रकाशित मिति: : 2024-08-18 06:15:00

प्रतिकृया दिनुहोस्