फोटो खिच्ने क्रममा बागमतीमा खसेर बंगलादेशका नागरिक बेपत्ता, खाेज्न गोताखोर परिचालन

File Photo
File Photo

फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता भएका छन्।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उनी बेपत्ता भएका हुन्।

उनको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ। उनको नाम भने खुलेको छैन।

प्रकाशित मिति: : 2024-08-18 11:18:00

प्रतिकृया दिनुहोस्