मलाई कुनै स्पष्टीकरण साेधिएकाे छैन– रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताएकी छिन्।

बिहिबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अध्यक्ष नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्लामा कुनै सत्यता नभएको बताएकी हुन्।

आफूाई कुनै स्पष्टीकरण नसोधिएपनि पार्टीका ठूला केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको उनको भनाइ छ।

‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो।’

असार १५ गते बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा झाँक्रीले भनेकी थिइन्, ‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’  

प्रकाशित मिति: : 2025-07-03 13:24:00

प्रतिकृया दिनुहोस्