बिएल संवाददाता
मेक्सिकोको उत्तरपश्चिमी क्षेत्रमा शुक्रबार एक पार्टीमा बन्दुकधारीले गोली चलाएपछि भएको झडपमा छ जनाको मृत्यु भएको छ।
सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, ‘हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’
काजेमे नगरपालिकामा बिहानै भएको आक्रमणमा परी पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका छन् । घटनामा आक्रमणकारी पनि मारिएको बताइएको छ।
सन् २००६ देखि लागूऔषधसम्बन्धी हिंसामा परी चार लाख २० हजारभन्दा बढी मानिसको हत्या भइसकेको मेक्सिकोमा बन्दुकधारीहरूले सामाजिक जमघटलाई लक्षित गरेको इतिहास छ।
गत डिसेम्बर १७ मा मध्य राज्य ग्वानाजुआटोमा मेक्सिकोका युवाहरूले भाग लिएको क्रिसमस पार्टीमा बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया