बिएल संवाददाता
अमेरिकी राज्य टेक्ससको हस्टन क्षेत्रमा भाडाको घरमा आइतबार बिहान भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
साथै अन्य दुई जना घाइते भएको पनि अधिकारीहरूले बताएका छन्।
ह्युस्टनको उपनगरीय शहर क्याटीमा भाडाको घरमा २० वर्षका करिब १० देखि २० जना मानिसको भेला भएको अवस्थामा झगडा भएको र गोली हानाहान हुँदा कम्तिमा पाँच जनालाई गोली लागेको थियो।
ह्यारिस काउन्टी शेरिफको कार्यालयका अनुसार एकजना पुरुष र एक जना महिलाको घटनास्थलमा मृत्यु भएको र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
त्यसैगरी गोली लागेका अन्य दुई जना अस्पतालमा उपचार गराउन पुगेको स्थानीय प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया