
बिएल संवाददाता
बेरुत नजिकै अमेरिकी दूतावासबाहिर बुधबार बिहान गोली चलेको छ। दूतावास बाहिर गोली चल्दा एक सुरक्षा गार्ड घाइते भएका छन्। लेबनानी सेनाले गोली हानेर एक बन्दुकधारीलाई पक्रेको सेना र दूतावासका अधिकारीहरूले बताएका छन्।
लेबनानमा तनाव जारी रहँदा उक्त आक्रमण भएको छ। हिजबुल्लाह लडाकूहरू र इजराइली सेनाबीच महिनौँको लडाइँले वर्षौंदेखिको राजनीतिक गतिरोध र आर्थिक समस्यापछि हजारौँ नागरिकलाई सीमामा विस्थापित गरेको छ।
सैनिकहरूले आक्रमणकारीमाथि गोली चलाएको लेनबानी सेनाले बताएको छ। सेनाले उनी सिरियाली नागरिक रहेको मात्र बताएको छ। घाइते बन्दुकधारीलाई अस्पताल लगिएको छ।
गोली चलाउनुको कुनै उद्देश्य तत्काल थाहा भएको छैन। यद्यपि लेबनानी सञ्चार माध्यमले प्रकाशित गरेको तस्बिरमा रक्ताम्य एक आक्रमणकारीलाई अरबी भाषामा ‘इस्लामिक स्टेट’ शब्द र अङ्ग्रेजीको सुरुको अक्षर ‘आई’ र ‘एस’ लेखेको कालो भेस्टमा देखाइएको छ।
करिब आधा घन्टा चलेको गोली हानाहानमा एक आक्रमणकारी संलग्न रहेको स्थानीय सञ्चार माध्यमले बताएका छन्। सामाजिक सञ्जालमा आएको अर्को भिडियोमा दूतावासको प्रवेशद्वारमा रहेको पार्किङ स्थलमा एक बन्दुकधारीलाई असल्ट राइफल लिएर गोली चलाएको देखाइएको छ।
विशाल कूटनीतिक परिसरको प्रवेशद्वार नजिकै भएको आक्रमणपछि आफ्ना सबै कर्मचारी ‘सुरक्षित’ रहेको र लेबनानी सैनिक र दूतावासका सुरक्षाकर्मी तुरुन्त तैनाथ भएको अमेरिकी दूतावासले प्रारम्भिक विज्ञप्तिमा बताएको थियो।
पछि दूतावासका एक प्रवक्ताले अर्को विज्ञप्तिमा आक्रमणमा दूतावासका एक सुरक्षा गार्ड घाइते भएको बताए। “उनको गोपनीयताको सम्बन्धमा हामी धेरै भन्न सक्तैनौँ तर हामी उनको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछौँ”, प्रवक्ताले भने।
रक्षामन्त्री र सेना कमान्डरसँगको बैठकपछि अवस्था अहिले स्थिर रहेको र गम्भीर अनुसन्धान भइरहेको जानकारी गराइएको लेबनानी कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
लेबनानी सेनाले दूतावास र वरपरका क्षेत्रहरूमा सेना परिचालन गरेको बताएको छ।
सन् १९८३ मा बेरुतमा अमेरिकी दूतावासमा भएको घातक बम आक्रमणमा ६३ जनाको मृत्यु भएको थियो। अमेरिकी अधिकारीहरूले लेबनानी लडाकू समूह हिजबुल्लाहले आक्रमण गरेको आरोप लगाएका थिए।
उक्त आक्रमणपछि दूतावासलाई मध्य बेरुतबाट राजधानीको उत्तरमा रहेको औकारको क्रिस्चियन उपनगरमा सारिएको थियो। सन् १९८४ सेप्टेम्बर २० मा नयाँ ठाउँमा अर्को बम आक्रमण भयो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया