बिएल संवाददाता
आइसिसी टी- २० विश्वकपअन्तर्गत सुपर-एटकाे पहिलाे खेलमा सह-आयाेजक अमेरिका दक्षिण अफ्रिकासँग पराजित भएकाे छ।
बुधबार राति खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएकाे हाे। दक्षिण अफ्रिकाले दिएकाे १९५ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मात्रै १७६ रन बनाउन सक्याे।
त्यसक्रममा एनड्रिज गाैसले ८०, हर्मिट सिंहले ३८ र स्टिभन टेलरले २४ रन बनाएका थिए।
अमेरिकालाई पराजित गर्न दक्षिण अफ्रिकाका कागिसाे रवडाले ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेका दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएका थियाे।
त्यसक्रममा क्विन्टन डि कक्ले ७४, कप्तान एइडन मार्कमले ४६ र हेइन्रिच क्लासेनले ३६ रन प्रहार गरेका थिए।
दक्षिण अफ्रिकाकाे याे लगातार पाँचाैं जित हाे। उसले समूह चरणका सबै खेल जितेकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया