बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भौतिक प्रगति पहिलेभन्दा राम्रो भइरहेको बताएका छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले विगत २७ महिनाको भन्दा आफू सरकारमा आएको आठ महिनाको प्रगति धेरै भएकाे बताए।
‘हामी आउँदा २७ महिनाको प्रगति मात्र पाँच प्रतिशत थियो। अहिले आठ महिनाकोबीचमा कम्तिमा ८–९ प्रतिशत काम अगाडि बढेको छ,’ उनले भने, ‘काम तीब्र भइरहेको छ त भन्न मिलेन तर पहिलेभन्दा धेरै राम्रो भएको छ।’
मन्त्री ज्वालाले अहिले काम गर्न कुनै ठाउँमा अवरोध नभएको र सहज भइरहेको बताए। तर नारायण–बुटवल सडकखण्डको पश्चिम क्षेत्रमा अहिले निर्माण सामग्रीको समस्या भएको र त्यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको उनको भनाइ छ।
त्यसबाहेक विद्युतप्राधिकरण, खानेपानीलगायत मुआब्जाका विषयमा कतै विवाद नभएको ज्वालाले बताए।
मुग्निल–पोखरा सडकखण्डमा कतै पनि समस्या नभएको उनले बताए।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया