पाटन दरबार क्षेत्रमा १ करोड २६ लाखको अत्याधुनिक सार्वजनिक शौचालय
ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ। आइतबार आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा समुद्घाटन गरिएको हो। उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख चिरिबाबु महर्जनले यो शौचालयलाई सफा र राम्रोसँग प्रयोग गर्नुपर्ने बताए । उनले स्मार्ट ट्वाइलेट बनाउने अभियान अन्तरगत नै ललितपुर महानगरपालिकाले यो अपाङ्गमैत्री शौचालय बनाएको बताए।
बिएल संवाददाता - ललितपुर