 
                                            
                                        
                                     
                                अर्जेन्टिनी कप्तान लिओनल मेसीलाई तीन महिना अर्जेन्टिनाबाट फुटबल खेल्न नपाउने गरि प्रतिबन्ध लगाइएको छ ।
दक्षिण अमेरिकी फुटबल सघले मेसीलाई तीन महिनाको प्रतिबन्ध लगाउदै ५० हजार डलर जरीवाना समेत लगाएको छ ।
हालै सम्पन्न कोपा अमेरिका फुटबल प्रतियोगिताको क्रममा मेसी दिएको अभिव्यक्तिले उनलाई उक्त कारबाही गरिएको हो।
मेसीले कोपा आयोजक भ्रष्ट भएको आरोप लगाउँदै ब्राजिललाई प्रतियोगिता जिताउन अफिसियल समेत मिलेको आरोप लगाएका थिए।
तेस्रो स्थानका लागि चिलीविरुद्ध भएको खेलमा रातो कार्ड पाएपछि मेसीले सो आरोप लगाएका थिए।
मेसीले प्रतिबन्ध अगष्ट ३ देखि नै शुरु हुने भएको छ। यस क्रममा मेसीले अर्जेन्टिनाका तीन खेल गुमाउने भएका छन् । अर्जेन्टिनाले तीन मैत्रीपूर्ण खेल चिली (सेप्टेम्बर ५), मेक्सिको (सेप्टेम्बर १०) र जर्मनी (अक्टोबर १०) सँग खेल्ने तालिका छ।
चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण मेसीमाथि एक खेलको प्रतिबन्ध पहिलादेखि नै रहेकाले एक विश्वकप छनोटको खेल समेत गुमाउने छन्।
यसैबीच सघले मेसीमाथि लगाएको प्रतिबन्ध र जरिवानाको विरुद्ध अपिल गर्न सक्ने भन्दै ७ दिनको समय पनि दिएको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया