युट्यूवको कमाई हल्ला कि साँचो, के के छन् मापदण्ड?

AGENCY

युट्यूबमा भिडियो अपलोड गरेपछि त्यसमा भएको भ्यूज अनुसार यूट्यूवले पैसा दिन्छ भन्ने हल्ला हामीले सुन्दै आएका छौं। तर, युट्यूवमा भिडियो अपलोड गर्दैमा पैसा पाईने कुरा गलत हो।

तरिका मिलाएर नियमित भिडियो अपलोड गर्दै गएमा युट्यूबबाटै मनग्य आम्दानी गर्न भने सकिन्छ। यसलाई युट्यूव पार्टनरसिप प्रोग्राम (वाइ.पि.पि.) भनिन्छ। युट्यूबले केही सामान्य मापदन्ड तोकेको छ,  ती मापदण्ड पुरा गरेपछि युट्यूबले भिडियो बज्दासम्म कति विज्ञापन, कस्ता किसिमका बिज्ञापन देखिए र कति बिज्ञापनमा क्लिक भए भन्ने आधारमा पैसा दिन्छ।

युट्यूबले एक भ्यूज हुँदा कति पैसा दिन्छ भन्ने ठ्याक्कै गारेन्टी हुँदैन। यूट्यूब गुगल कै उत्पादन भएकाले यसमा गुगल एडवर्डका बिभिन्न किसिमका विज्ञापन देखिन्छन्। जस्तै स्कीपेवल भिडियो, ननस्कीपेवल भिडियो, डिस्प्लेले एड, ओभरलेयर, बम्पर एड, स्पोन्सर कार्ड।

यस्ता बिज्ञापनको रेट फरक/फरक हुन्छ। यीनै विज्ञापनले तिरेको पैसाबाट युट्यूवले पब्लिसरलाई केही प्रतिशत रकम दिने गर्छ सामान्यतया ६८ प्रतिशत सेयर गर्ने गरेको युट्यूबरहरूको अनुभब छ ।  

 

युट्युबबाट आम्दानी गर्न सबैभन्दा पहिले यूट्यूब च्यानल हुनु जरूरि छ। सबै युट्युब च्यानल मनिटाइजेसन अर्थात पैसा पाउन योग्य नहुन सक्छन्।

युट्यूबले यो सेवा सबै देशमा सुरु गरेको पनि छैन र नेपाल पनि यसमा पर्दैन।

युट्युब मनिटाईजेसनका लागि योग्य देशको सूचि  यहाँ https://support.google.com/youtube/answer/7101720 हेर्न सकिन्छ।

नेपाल अझै पनि युट्युव पार्टनर प्रोग्रामको लागि सूचीमा नपरेको हुँदा नेपालमा बस्ने युट्युवरले योग्य देशमा बस्ने साथीको सहयोगमा युट्यूब च्यानल बनाउने गरेको पाइन्छ।

जिमेल, गुगल, वा युट्यूबको एउटै आइडी हुँने हुँदा जिमेल आईडि बनाउँदा नै फोन नम्बर र कन्ट्रीमा युट्यूव पार्टनर प्रोग्रामको लागि योग्य देशबाट बनाउनुपर्छ।

यसरी बनाएको युट्यूव च्यानलमा भिडियो अपलोड गर्नुपर्छ। भिडियो अपलोड गर्दा आफैंले सिर्जना गरेको भिडियो मात्र राख्नुपर्छ। अरूले सिर्जना गरेका भिडियो वा अरू च्यानलबाट डाउनलोड गरि अपलोड गर्न हुँदैन।

यसरी अपलोड गरिएको भिडियोमा पैसा पनि आउँदैन र प्रतिलिपि अधिकार ऐन अनुसार कानुनी सजाय पनि हुनसक्छ। छिट्टै धेरै भ्यूज र सब्स्क्राइबर बनाउन खोज्दा यूट्यूव च्यानल नै ब्यान्ड हुन पनि सक्छ।

समाजमा विकृति फैलाउने कसैको ब्यक्तिगत चरित्र हत्या हुने वा सेक्स्यूअल भिडियो युट्यूवमा अपलोड गर्नु हुँदैन।

 

युट्यूबमा भिडियो अपलोड गर्न सुरू गरेको १२ महिना भित्रमा उक्त च्यानल भित्र भएका भिडियोको जम्मा जम्मी ४००० घण्टा भन्दा बढी भ्यूज भयो र १००० भन्दा बढी सब्स्क्राईबर पनि बने भने युट्यूब च्यानलालई मनिटाईज गर्न सकिन्छ।

युट्यूव च्यानल मनिटाइजेसनको लागि योग्य भैसके पछि एडसेन्स अकाउन्टको लागि आवेदन गर्नुपर्छ। यो अप्सन युट्युब च्यानल भित्रै च्यानल सेटिङमा हुन्छ।

गुगल एडसेनसले ठेगाना प्रमाणित गर्न हुलाकबाट चिठीमा एउटा कोड नम्बर लेखेर पठाउँछ। यसरी प्राप्त भएको कोड नम्बर राखि सकेपछि एडसेन्स अकाउन्टमा पैसा जम्मा हुन सुरू गर्छ।

गुगल एडसेन्स अकाउन्टमा १०० डलर जम्मा भएपछि आफ्नो बैंक खाताबाट रकम झिक्न अनुमति दिन्छ। 

नेपालमै बसेर सन् २०१६ अगस्टबाट पावर मिडिया नेटवर्क नामको युट्यूब च्यानल सुरू गरेका अमर लामाले पछिल्लो समय मासिक ७०० देखि १३०० डलर सम्म आम्दानी हुने गरेको बताए।

उनको च्यानलमा अहिलेसम्म २१ लाख ५१ हजारर बढी भ्युज् भएको छ भने उनका सक्स्क्राइबर करिब ३ लाख पुगेका छन्।

यसरी युट्यूब च्यानललाई ब्यवसाय बनाएर काम गर्नेहरू नेपालमा थुप्रै भइसकेका छन्। कति सफल भएका छन् भने अति असफल पनि।

क्यामेरा र भिडियो इडिट गर्न जान्दैमा युट्यूबर बन्न सजिलो छैन। आफूले अपलोड गर्ने सामग्रीले दर्शकका मन जित्न सक्नुपर्छ। जति बढी लाईक हुन्छ सेयर हुँदै जान्छ अनि आम्दानि पनि बढ्दै जान्छ।

एकपटक भिडियो हेरिसकेपछि उक्त च्यानलका अरू पनि भिडियो हेरौं हेरौं लाग्ने हुनुपर्छ अनि मात्र नियमित सब्स्क्राइबर बढाउँदै जान सकिन्छ। धेरै सब्स्क्राइबरहरु भएमा उनीहरुले युट्युब खोल्दा सुरुमा आफ्नो भिडियोहरू देखिन्छ। तसर्थ आफूसँग देखाउन लायक प्रतिभा छैन भने युट्यूबमा असफलता पनि मिल्नसक्छ।

सन् २०१८ को तथ्यांक अनुसार युट्यूबमा सबैभन्दा बढी आम्दानि गर्ने ७ वर्षे बालक रायन हुन्। उनले युट्युबमा खेलौनाहरुको बारेमा ब्याख्या बिष्लेषण गर्ने गर्छन्। उनले सन् २०१८ मा २२ मिलियन अमेरीकी डलर कमाएका छन्।

टोयरिभ्यू नामको उनको च्यानलमा १८ मिलियन सब्सक्राइबर छन् भने १३०० भिडियो अपलोड छन्। उनि सन् २०१५ बाट युट्युबमा जोइन भएका हुन्। जतिबेले उनी ४ वर्षका थिए।

प्रकाशित मिति: : 2019-03-06 05:26:35

प्रतिकृया दिनुहोस्