चीनमा मानवरहित विमानको सफल परीक्षण

Agency

चीनले ५ सय किलो बढी तौल बोक्न सक्ने मानवरहित विमानको सफल परीक्षण गरेको छ। चीनको सरकारी टेलिभिजन च्यानलले सोमबार प्रसारण गरेको रिपोर्टअनुसार विमानले चीनको दुर्गम क्षेत्रमा ५ सय किलो सैन्य समाना ओसारेको छ।

विमानबाट समानहरू प्यारासुटको सहयोगले तल उतारिएको थियो।

चीनले यसलाई सैन्य उपलब्धि मानेको छ र यसले युद्धको बेला दुर्गम क्षेत्रमा सहज रुपमा सैन्य सामान ढुवानी गर्न सहज हुने बताएको छ।

रिपोर्टअनुसार मानवरहित विमानको परीक्षण चीनको उत्तर–पश्चिमी क्षेत्र गान्सुको झाङ्ये इलाकामा भएको थियो। विमान एक इन्जिनको रहेको बताइएको छ।

 

प्रकाशित मिति: : 2019-06-24 21:28:33

प्रतिकृया दिनुहोस्