पेट्रोलियम पाइपलाइनबाट यसरी आयो डिजेल

नेपालको पहिलो पेट्रोलियम पाइपलाइनबाट तेल भित्रिएको छ। भारत क्रसबोर्डरमा पहिलो पटक पठाइएको डिजेल शुक्रबार बिहान ९ बजे बाराको अमलेखगञ्जमा खसाइएको छ। भारतको मोतीहारीबाट बुधबार पठाइएको एक हजार लिटर डिजेल अमलेखगञ्ज डिपोमा खसाइएको पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर शरद पौडेलले जानकारी दिए। भारतीय आयल निगम (आइओसी) ले मोतिहारी डिपोबाट पहिलोपटक डिजेल पठाएको हो।

६९.२ किलोमिटर लामो पाइपलाइनमा परीक्षणका लागि सो डिजेल पठाइएको थियो। इन्जिनियर पौडेलका अनुसार आजै बिहान ७ बजे मोतीहारीबाट पठाइएको ६ हजार लिटर पानी अमलेखगन्जमा आइपुगेको थियो। पाइपलाइनबाट पानी खसिसकेपछि डिपोमा रहेको चार वटा ट्यांकीमा एक हजार लिटर डिजेल भरिँदै गरिएको पौडेलले बताए। ‘एक हजार लिटर डिजेल ट्यांकीमा खसिसकेपछि अहिलेलाई पाइप बन्द गरिएकोछ’, उनले भने, ‘पाइपलाइनको औपचारिक उद्घाटनपछि मात्रै व्यवसायिक रुपमा तेल आउन सुरु हुन्छ।’

पाइपलाइनको उद्घाटन कहिले गर्ने भन्ने तय भएको छैन। ‘हाम्रो परीक्षण सफल भएको छ’ सरकारले उद्घाटनको गरेपछि मात्र नियमित तेल ल्याइन्छ।’ पाइपमा तेल भरी राख्न थप २१ हजार लिटर तेल पठाइने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए। पहिलो चरणमा आइपुग्ने तेलको गुणस्तर परीक्षणका लागि १५ सदस्यीय भारतीय आयल निगमको विज्ञ प्राविधिक टोली अमलेखगन्जमा आएको छ। नेपाल आयल निगम र भारतीय आयल निगमबीच नेपाल–भारत क्रसबोर्डर पेट्रोलियम पाइपलाइन निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो। सम्झौताको एक दशकसम्म बिबिध कारण सुरु हुन नसकेको उक्त परियोजना २०७२ भदौमा पुनः अघि बढेको थियो...

प्रकाशित मिति: : 2019-07-20 03:37:27

प्रतिकृया दिनुहोस्