भारतको मंगल मिशनः १७ मिनेटमा अन्तरिक्ष कक्षमा प्रवेश गर्यो चन्द्रयान–२

Agency

भारतले सोमबार मंगलग्रहमा पठाएको चन्द्रयान १७ मिनेट भित्र अन्तरिक्षको कक्षमा प्रवेश गरेको बताइएको छ। 

भारतको चन्द्रयान–२ को सफल परीक्षणपछि भारतीय अन्तरिक्ष केन्द्र (इसरो) का अध्यक्ष सिवनले रकेटको गति र अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले चन्द्रयान–२ को सफल परीक्षणले भारतको गौरवलाई विश्वसामू उजागर गरेको प्रतिक्रिया दिएका छन्। उनले यसलाई इतिहासको विशेष दिनको रूपमा अथ्र्याए।

चन्द्रयान–२ लाई भारतले निर्धारित समयभन्दा एक साता ढिलो सम्प्रेषण गरेको हो। यसका बाबजुद चन्द्रयान–२ तोकिएको समय ७ सेप्टेम्बरमै चन्द्रमामा प्रवेश गरिसक्ने छ।

समयलाई ध्यानमा राख्दै चन्द्रयानले पृथ्वीको चक्कर ५ पल्ट नभई ४ पल्ट मात्र लगाउने छ। निर्धारित कार्यक्रममा चन्द्रयानले ५ पल्ट पृथ्वीको चक्कर लगाउने तय थियो।

चन्द्रयान–२ को तौल ३ हजार ८ सय ७७ किलोको छ। यसलाई भारतको सबैभन्दा बलियो जिएसएलवी मार्क–३ रकेटबाट सम्प्रेषण गरिएको थियो। रकेटमा तीनवटा मोड्युल– अर्बिटर, लेडर र रोवर समावेश छन्।

इसरोले चन्द्रमाको दक्षिणी ध्रुवमा लेडर उतार्ने योजना बनाएको छ।

प्रकाशित मिति: : 2019-07-23 15:08:19

प्रतिकृया दिनुहोस्