दूरसञ्चार भन्छः नचिनेको विदेशी नम्बर नउठाउनू

बीएल

काठमाडौं ।  उपहार परेको भन्दै विदेशका अपरिचित नम्बरबाट फोन आउने र त्यही फोनलाई आधार मानेर धेरै मानिस ठगीएपछि नेपाल दूरसञ्चार प्राधिकरणले बिदेशबाट आउने अपरिचत नम्बर नउठाउन आग्रह गरेको छ।

केही दिनयता मोबाइलमा विदेशका अपरिचित नम्बरबाट मिस कल आउने क्रम बढेपछि प्राधिकरणले सर्वसाधारणलाई सचेत गराउँदै सूचना जारी गरेको हो।

‘विदेशका अपरिचित नम्बरबाट नेपालको मोबाइल/टेलिफोन नम्बरमा बारम्बार मिस कल आउने गरेको देखिएको छ।

यसबाट सेवाग्राहीलाई पुग्न गएको असुविधाप्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ,’ प्राधिकरणको सूचनामा छ।

‘अपरिचित विदेशका नम्बरहरूबाट आउने कल नउठाउन तथा कलब्याक नगर्न र त्यस्ता नम्बरबाट फोन कल आएको खण्डमा प्राधिकरणलाई जानकारी दिन’ प्राधिकरणले सूचनामार्फत अनुरोध गरेको छ।

प्राधिकरणले ‘वानगिरी स्क्याम वान रिङ स्क्याम’ भनिने यस्तो मिस कल रोकथामको लागि आवश्यक व्यवस्था गर्न दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ।

प्रकाशित मिति: : 2019-07-25 13:52:10

प्रतिकृया दिनुहोस्