‘फर्क है फर्क वैज्ञानिक : तिमीलाई डाक्छ नेपाल’ भनेर के गर्नु ?, कोही फर्केन नेपाल

भावनामा बहकिएर नेपाल फर्केलान् र वैज्ञानिक ? - एक प्रतिकात्मक तस्बिर ।

नेपालले सञ्चालनमा ल्याएको ‘फर्क है फर्क वैज्ञानिक: तिमीलाई डाक्छ नेपाल’ कार्यक्रम पूर्णत: असफल भएको बताइएको छ । नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान(नाष्ट)ले घोषणा गरेको कार्यक्रम असफल भएको उसले नै स्विकार गर्दै अर्को नयाँ कार्यक्रम  ‘ब्रेन पुलिङ नेपाल’ घोषणा गरिएको छ ।

गैरआवासीय नेपाली पनि सहभागी हुन पाउँने ‘ब्रेन पुलिङ नेपाल’ कार्यक्रमका लागि इच्छुक वैज्ञानिकलाई अनुसन्धान अवधारणा पत्र पेस गर्न आहृवान गरेको गरिएको छ । नाष्टले कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षका लागि सूचना प्रविधि, नानोटेक्नोलोजी, ऊर्जा, भूकम्प पूर्व–सूचना र स्मार्ट सिटीजस्ता विषयलाई प्राथमिकतामा राखेको छ । 

यो पनि हेर्नुहोस् 

एप्पल फेष्टिबल

कार्यक्रमअन्तर्गत अनुसन्धानकर्तालाई ५ लाख रुपैयाँसम्म उपलब्ध गराइने जनाउँदै रकम अवुग भए अनुसन्धानको महत्व हेरेर रकम थपिदिने प्रावधान पनि राखिएको छ । 

नेपालका लागि नाष्टले यस्तो कार्यक्रम घोषणा गरे पनि यसको भविष्यका बारेमा अमेरिकामा रहेका एक नेपाली युवा वैज्ञानिक कार्यक्रम सफल हुने शंशय व्यक्त गर्छन् । उनी भन्छन्- 'नेपालको मौजुदा अवस्थामा कार्यक्रमको नाम जे दिए पनि विदेशिएका नेपाली वैज्ञानिक नेपाल फर्कने वातावरण नै छैन । पहिलो कुरा त पद्धति स्थापति हुनुपर्यो, प्रवृति सही हुनुपर्यो ।'

यो पनि हेर्नुहोस् 

सौराहा जंगल सफारी

उनले नेपालमा अहिले यी दुबै कुरा स्थापित गर्नेभन्दा पनि भएका भत्काउने र नयाँ नबनाउने वा बन्न नै नदिने अवस्था रहेको बताउँदै प्रश्न गरे- 'के का लागि फर्कन्छन् नेपाली वैज्ञानिक नेपाल ?'

भावनामा बगेर केही हुदैन भन्ने पीडाकै कारण उनीहरू नेपाल छोड्न बाध्य भएको पनि उनले बताए । 

 

प्रकाशित मिति: : 2019-08-25 01:14:41

प्रतिकृया दिनुहोस्