ट्रम्प र जकरवर्ग फेसबुकमा 'नक्कली खाता'को विषयमा आम्नेसाम्ने : हेरौ कस्ले जित्ने ?

ट्रम्प प्रशासन भन्छ- फेसबुकमा नक्कली खाता बनाउने, जकरवर्ग भन्छन्- त्यसो गर्न नदिने : जारी छ जुङाको लडाईं । तस्बिर : एजेन्सी

अमेरिकामा ट्रम्प प्रशासन र सामाजिक सञ्जाल फेसबुक आम्नेसाम्ने हुने भएका छन् । 

ट्रम्प प्रशासनले आप्रवासीका पृष्ठभूमि परीक्षण र गतिविधिमा निगरानी गर्न फेसबुकमा नक्कली खाता सञ्चालन गर्ने नीति ल्याएको थियो । तर,  फेसबुकले अमेरिकी अध्यागमन अधिकारीलाई नक्कली खाता बनाउन नदिने बताउँदै यदि त्यसो गरेमा त्यस्ता एकाउन्टबिरुद्ध कदम चाल्ने जनाएको छ ।

ट्रम्प प्रशासनले शुक्रबार सार्वजनिक गरिएको नीतिमा युएससीआईएसले ग्रिनकार्ड, नागरिकता, कामदार भिसा वा अन्य आप्रवासी सुविधाका लागि आवेदन दिनेका सामाजिक सञ्जाल निरिक्षण गर्न नक्कली खाता बनाउन सक्ने उल्लेख गरिएको छ । आवेदन दिएका व्यक्तिका सूचनाहरु अनुसन्धानका लागि संकलन गर्न पनि सकिने नीतिमा उल्लेख छ । तर, यसरी सूचना संकलन गर्दा सार्वजनिक भएका सूचना मात्र संकलन गर्न सकिने छन् ।  नक्कली खातावालाले आफैं कुनै पनि व्यक्तिलाई साथी बनाएर, फ्लो गरेर वा सन्देश पठाएर चाँहि सूचना लिन सक्ने छैनन् । 

सन् सन् २०१२ देखि युएससीआईएसले अध्यागमन आवेदन रिभ्युका क्रममा सामाजिक सञ्जालको निरीक्षण गर्दै आए पनि नक्कली खाता बनाएर आवेदकबारे अनुसन्धान गर्न भने सन् २०१४ देखि रोक लगाएको थियो । तर, सन् २०१७ नक्कली खाता बनाएर अनुसन्धान गर्न अनुमति दिइएको थियो । 

प्रकाशित मिति: : 2019-09-07 06:38:11

प्रतिकृया दिनुहोस्