विराट मेडिकल कलेजले पूर्वका विरामीलाई ५० प्रतिशत छुटमा शल्यक्रिया गर्ने

बिएल
विराटनगरस्थित विराट मेडिकल कलेजले आफ्नो ५ औं वार्षिक उत्सवको अवसरमा थुप्रै रोगको अपरेशनमा ५० प्रतिशत छुट दिने भएकाे छ। दशै–तिहारलाई लक्षितगरी अस्पतालले छुट दिन लागेकाे छ। 
 
विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार जनरल सर्जरी लगायत हाडजोर्नी, नशा, नाक, कान र घाँटी, स्त्री तथा प्रसुति जस्ता समस्या भएकाहरुलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हाे। डा.कार्की भन्छन्, ‘हाम्रो उद्येश्य पैसा कमाउने भन्दापनि सवैमा स्वास्थ्य सेवाको पहुँच पुर्याउनु हो। वार्षिक उत्सवमा मात्रै नभएर समय समयमा छुट अफर दिएर सवैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन पाउँदा हामी हर्षित छाै‌।’
याे पनि पढ्नुहाेस।
 
ल्याप्रोसकपिक सर्जरी (चिरफार नगरी नै अपरेशन गर्ने पद्दति) नेपालमा भित्र्याएका डा. कार्कीका अनुसार बिराट मेडीकल कलेज टिचिङ्ग हस्पिटल गैर नाफामुखी हस्पिटल हो। यो हस्पिटलले सेवा शुल्कलाई भन्दा पनि उपचार सेवालाइ प्राथमिकतामा राखेको छ। ‘प्रदेश १ र दुईका बासिन्दालाई छिटो, सस्तो–सुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गर्ने हाम्रो मुख्य उदेश्य हो’, डा.कार्कीले भने, ‘यसका लागी हामी सदैब तत्पर छौ।’
 
टिचिङ हस्पिटल भएकाले चिकित्सकहरुको बारेमा कुनै पनि खालको अन्यौलता नहुने दावी अस्पतालको छ। अस्पतालले दक्ष, अनुभवी र सम्बन्धित रोगका बारेमा प्रशस्त ज्ञान हासिल गरेका पाँच दर्जन चिकित्सकहरु मेडिकल कलेजमा आवद्ध रहेकाे दावी गरेकाे छ। मार्केटिङ तथा कम्युनिकेशन शाखाका प्रमुख आभाश श्रेष्ठका अनुसार यस अस्पतालमा दिइने सेवाहरु न्यूरो, प्लाष्टिक सर्जरी, डाइटिसियन, आँखा, हाडजोर्नी तथा नशा, फिजियोथेरापी, मेडिसिन, नवजात तथा बाल रोग, स्त्री तथा प्रसुती, छाला तथा सौन्दर्य, जनरल सर्जरी, यूरोलाजी, नशा तथा मानसिक रोग, नाक, कान घाँटी, रक्तरोग तथा क्यान्सर जस्ता रोगहरुको उपचार रहेकाे छ।
 
याे पनि पढ्नुहाेस।
प्रकाशित मिति: : 2019-08-11 15:10:51

प्रतिकृया दिनुहोस्